विनियोजन विधेयकमाथि छलफल प्रारम्भ

विनियोजन विधेयकमाथि छलफल प्रारम्भ

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ । छलफलमा १८ जना प्रदेशसभा सदस्यले भाग लिए । 

प्रदेश सरकारले गत असार १ गते आव २०७५र७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको अनुमानित आय व्यय (बजेट) प्रदेशसभामा प्रस्तुत गरेकाे िथयाे। छलफलमा सहभागी सदस्यले समानुपातिक र समन्यायिक विकास तथा गरिबी न्यूनीकरण गर्ने खालका आर्थिक प्याकेजलाई बजेटमा समावेश गर्नुपर्ने बताउँदै जननिर्वाचित सरकारले निष्पक्षता र पारदर्शीतामा जोड दिई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा व्यक्त गरे । 

उनीहरुले मन्त्री पदमा बसेकाले आफ्नो जिल्लालाई केन्द्रविन्दुमा राखेर बजेट छुट्ट्याइएकोमा गुणासो गरे । यसरी छलफलमा सहभागी हुने सदस्यहरुमा पशुपति चौंलागार्इं, गीता वाग्ले, रमेश पौडेल, विशाल खड्का, रिना गुरुङ, नारायणबहादुर सिलवाल, भीमसेन खत्री, कमलबहादुर सिम्खडा, सुरेन्द्रराज गोरसाईं, डा राजाराम कार्की , प्रेमबहादुर थापा, योगेन्द्र संग्रौला, निमा लामा, सन्तबहादुर प्रजा, दिनेश मर्हजन, नरोत्तम वैद्य, छिरिङ दोजे्र्र लामा र प्रेमबहादुर पुलामी छन् । 

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते विहान ११ बजे बस्नेछ ।

Logo