नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बतनएका छन् । "/>

काँग्रेसलाई यति धेरै छटपटी किन ?: योगेश भट्टराई

काँग्रेसलाई यति धेरै छटपटी किन ?: योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बतनएका छन् । 

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाए । 

नेता भट्टराईले भने, “काँग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ । त्यो बुझ्न सकिएको छैन । विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत छ ।” सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही कसैले पनि आपत्ति गर्नु नपर्ने उनको भनाइ थियो । नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताए । 

नेकपाका स्थायी समिति सदस्य पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । 

उनले सकारात्मक सन्देश प्रवाह गर्ने र जनतामा आशावादको सञ्चार जगाउनेखालको समाचार सामग्री प्रस्तुत गर्नुपर्नेमा जोड दिए । बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू महेश्वर दाहाल, ओम शर्मा, विष्णु रिजालले प्रेस सेन्टर र प्रेस चौतारीको एकता र सक्रियताका लागि शुभकामना दिएका थिए । रासस

Logo