आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दै

आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट आज सार्वजनिक गर्ने भएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ।

केन्द्र सरकाले जेठ १५ गते आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गरेको थियो। केन्द्र सरकारले प्रदेश सरकारलाई न्यूनतम १३ अर्बदेखि बढीमा १९ अर्बसम्मको वित्तीय हस्तान्तरण गरेको छ।

प्रदेश १ सरकारले ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारासहित करिब ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। त्यस्तै प्रदेश २ सरकारले करिब ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश ३ सरकारले करिव ४० अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ भने प्रदेश ४ सरकारले करिब २६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

प्रदेश ५ सरकारले ३० अर्बको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। त्यस्तै प्रदेश ६ कर्णाली प्रदेश सरकारले झन्डै २५ अर्बको बजेट ल्याउँदै छ भने प्रदेश ७ सरकारले करिब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँने तयारी गरेको छ ।

Logo