१९५० को सन्धी अद्यावधिक हुन्छ- प्रधानमन्त्री

१९५० को सन्धी अद्यावधिक हुन्छ- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले १९५० को सन्धि अद्यावधिक हुने बताएका छन् । शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘१९५० को सन्धिको उच्चारणै गर्न हुन्न भन्ने थियो तर अहिले विज्ञ समूहले काम गरिरहेको छ, अब केही महिनाभित्रै त्यसको पनि अद्यावधिक हुन्छ।’

उनले आफू भारत भ्रमणबाट फर्केपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल भ्रमणमा आएको बताउँदै भ्रमणले दुई देशबीच अझै सुमधुर सम्बन्ध स्थापित भएको बताए।उनले थपे, ‘विराटनगरको अस्थायी कार्यालय भारतले हटाउने निर्णय गरेको छ।’ सरकारले केही गरेन भनेर उफ्रिँदैमा केही नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले
आफ्नो ठाउँबाट काम गरिरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँटको विषयलाई लडाइँको विषय नबनाउन प्रदेशसभालाई आग्रह गरे। साथै ओलीले देश विखण्डन र हिंसाको विषय स्वीकार्य नहुने पनि बताए ।

Logo