भेदभावविरुद्ध विवेकशील साझाको शुन्य सहनशीलता नीति

भेदभावविरुद्ध विवेकशील साझाको शुन्य सहनशीलता नीति

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीले छुवाछुत तथा जातिय भेदभावमा शुन्य सहनशीलता नीति लिने जनाएको छ । पार्टीको ‘सामाजिक न्याय तथा समावेशिता विभाग’ ले आज एक बिज्ञप्ति जारी गर्दै छुवाछुत र जातीय भेदभावको घटनाप्रतिको आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘जेठ महिना भित्र मात्रै कालिकोट नरहरिनाथ गाउँपालिकाकी जनप्रतिनिधि मना सार्कीको हत्या, झापाको श्री कृष्ण द्वैपायन वेद विद्याश्रममा दलित समुदायको विद्यार्थीलाई जातिय कारण देखाई भर्ना नै अस्विकृतदेखि सभासद कलुदेवी विश्वकर्माले जातिय विभेदकै कारण एक महिनादेखि राजधानीमा डेरा भाडा समेत नपाएको कुरा संसदमै राख्नुपर्ने अवस्थाप्रति हाम्रो पार्टी संवेदनशील रहेको स्पष्ट पार्न चाहन्छौ ।’ विभागका प्रमुख प्रकाशचन्द्र परियारले हस्ताक्षर गरको बिज्ञप्तिमा भनिएको छ  ।

यसको निराकरणका लागि सवैको सामुहिक दायित्व आवश्यक हुने भन्दै उक्त पार्टीले अमानवीय छुवाछुत तथा जातिय भेदभावमा संलग्नहरुलाई दण्ड गर्न वनेको ऐन छुवाछुत कसुर तथा सजाय ऐन २०६८ लाई अझ प्रभावकारी कार्यान्वयन गदै आम स्तरमा सचेतनाका कार्यक्रमहरु संचालन गर्न सरकारसंग माग गरेको छ ।

Logo