‘यो सरकार पुजारी जस्तो होइन’- प्रधानमन्त्री

‘यो सरकार पुजारी जस्तो होइन’- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पुजारीले जस्तो नित्यकर्म मात्रै गरेर बस्ने खालको नभएको बताएका छन् । ‘यो सरकार पुजारी जस्तो होइन। बिहान उठ्ने, मन्दिर जाने, पूजा गर्ने, अनि भोलि फेरि उही रित दोहोर्‍याउने,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार दीर्घकालिन सोचसहित अघि बढिरहेको बताएका हुन् । मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा आज सिंहदरबारमा निर्देशन दिँदै उनले जनअपेक्षा पूरा गर्न सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम सञ्चालनबारे असार १५ गतेभित्र ठोस योजना लिएर आउन पनि उनले प्रत्येक मन्त्रालयलाई निर्देशन दिएका छन् ।

Logo