संसद बैठकमा आज प्रतिनिधि सभा नियमावली पेश गरिंदै

संसद बैठकमा आज प्रतिनिधि सभा नियमावली पेश गरिंदै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको आजको बैठकमा संसद नियमावली पेश गरिने भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश गर्न लागेको हो।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने सत्तापक्षी सांसदहरुको माग छ भने अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने प्रतिपक्षीको माग छ ।

नियमावलीमाथि छलपलका क्रममा सांसदहरुले संशोधन प्रस्तावसमेत राख्न सकिने सचिवालयले जनाएको छ । नियमावलीलाई आजै पारित गर्ने कार्यसूची रहेको छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

Logo