काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल सरकारमा सामेल हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे लिखित सहमति भएसँगै संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने भएको हो । "/>

उपेन्द्रले यसरी गरे, सरकारमा जाने सहमति (भिडियोमा)

उपेन्द्रले यसरी गरे, सरकारमा जाने सहमति (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल सरकारमा सामेल हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे लिखित सहमति भएसँगै संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसँग संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष यादवले आपसी सहमतिको आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेसँगै फोरम सरकारमा जान सहमत भएको हो ।

आफूहरुले उठाएको माग र मुद्दालाई संविधान संशोधनको माध्यामबाट हल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सहमत भएपछि सरकारमा सामेल हुनेगरी लिखित सहमति गरिएको संघीय समाजवादी फोरम, नेपालका महासचिव रामसहाय यादवले जानकारी दिए ।

‘सुःखी नेपालीः समृद्ध नेपाल’ निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा जान सहमत भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

उनले देशलाई आवश्यक पर्ने वित्तिकै संविधान संशोधन गर्ने गरी दुई दलबीच लिखित सहमति गरिएको स्पष्ट पारे । दुई पार्टीबीचको लिखित सहमतिमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधार गर्ने उल्लेख गरिएको छ ।

 

 

Logo