प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराउनु भयो । "/>

पूर्वराजालाई भेट्ने प्रधानमन्त्रीको इच्छा (भिडियोमा)

पूर्वराजालाई भेट्ने प्रधानमन्त्रीको इच्छा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराउनु भयो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका उहाँले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्व राजा शाहलाई आफूले नै प्रस्ताव गर्ने योजना पनि सुनाउनु भयो ।

प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अव समाप्त भएको पनि स्मरण गराउनु भयो । सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । पूर्व राजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले जोतिषहरुले विमान दुर्घटना हुने लगायतका तथ्यहिन भविष्यवाणी गरिरहेको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले कुन ग्रह र नक्षत्रले विमान दुर्घटना देखाएको भन्दै जोतिषहरुलाई प्रश्न पनि गर्नु भयो ।

गणतन्त्र दिवस
यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावना अनुसार काम गर्ने प्रतिवद्धता दोहोर्‍याउनु भएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन मातहतका निकायलाई आवश्यक तयारी गर्न पनि निर्देशन दिनु भयो । सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने गरि प्रधानमन्त्री ओलीको अध्यक्षमा शुक्रबार गणतन्त्र दिवस मूल समारोह समिति बनाएको छ ।

सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनताको भावना प्रतिविम्बित हुनेगरी मनाउने दायित्व सरकारको भएको पनि स्पष्ट पार्नु भयो । उहाँले गणतन्त्र दिवस जनताको कार्यक्रम भएकाले यसमा व्यापक जनताको सहभागिता हुनेगरी तयार गर्नुपर्नेमा पनि मातहतका निकायलाई सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले जनताको विजयको रुपमा गणतन्त्र दिवस मनाउन लागिएको भन्दै त्यसमा जनताको सहभागितालाई बढाउन जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनउत्सवको रुपमा लिनुपर्ने पनि बताउनु भयो । उहाँले राजतन्त्र जस्तो पाखण्डी शासन व्यवस्था अन्त्य भएको खुसीयालीले गणतन्त्र दिवस मनाउन सुरु गरिएको पनि स्मरण गराउनु भयो । कार्यक्रममा बोल्दै गृह सचिव प्रेमकुमार राईले गणतन्त्र दिवसको कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । त्यस अन्तरगत गणतन्त्र दिवसका दिन आगामी जेठ १५ गते सैनिक मंच टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना हुनेछ ।

दिवसलाई भव्य रुपमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति, माननीय मन्त्रीलगायत रहनु भएको छ । जेठ १४, १५ र १६ गते दिवसलाई भव्य रुपमा मनाउन संचार माध्यामबाट सार्वजनिक अपिल गर्ने, गणतन्त्र स्मारिका प्रकाशन गर्ने लगायतका कार्यक्रम पनि तय गरिएको गृहसचिव राईले जानकारी दिनु भयो ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १४, १५ र १६ गते ३ दिनसम्म विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा समेत दिपावलीसहितको कार्यक्रम तय गरिएको छ ।

Logo