एकतापछि संसदमा प्रचण्डको ‘बढुवा’

एकतापछि संसदमा प्रचण्डको ‘बढुवा’

केन्द्रबिन्दु
0
Shares

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘बढुवा’ भएको छ । पार्टी एकता भएको जानकारी संसदलाई जानकारी दिएपछि आज अध्यक्ष प्रचण्ड बस्ने सिट ‘चेन्ज’ भएको हो ।

आज बसेको बैठकमा तत्कालीन एमाले र माओवादीका नेताहरु अब सत्तारुढ लहरमा नयँ वरियताक्रमअनुसार बसेका छन् । यसैक्रममा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् ।

संगै रहेको सिटमा प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । एकतापछि अन्य सिट व्यवस्थापन भइनसकेकाले अरु सांसदहरु भने आफ्नै पुरानो सिटमा बसे ।
आजको बैठकमा झलनाथ खनाल र महासचिव विष्णु पौडेलको सिट भने खाली थियो । यस अघि प्रचण्ड बस्दै आएको सिटमा भने देव गुरुङ बसेका थिए ।

Logo