ओली प्रचण्डले यसरी संझिए मदन भण्डारीलाई (भिडियोमा)

ओली प्रचण्डले यसरी संझिए मदन भण्डारीलाई (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका पूर्व महासचिव मदन भण्डारीको शालिक अगाडि उभिएर पार्टी एकताको घोषणा गरेका छन् ।

दुवै नेताले मदन भण्डारीको स्मृति दिवसको विशेष अवसर पारेर दुई पार्टीबीच एकता गर्न लागिएको औपचारिक घोषणा गर्नु भएको हो । मदन भण्डारी स्मृति दिवसको अवसर पारेर बल्खुस्थित मदन भण्डारीको शालिक परिसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकता मुलुकको भविष्यका लागि भएको बताउनु भयो । उहाँले २ पार्टीबीचको एकता नेपाललाई अझै उचाईमा पु¥याउन गरिएको दावी पनि गर्नु भयो । उहाँले नेपाली जनताले सर्वाधिक रुचाएका मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर २ पार्टीबीच एकता गर्ने निर्णय लिइएको पनि स्मरण गराउनु भयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मदन भण्डारीको स्मृति दिवसकै अवसर पारेर आफूले पार्टी एकता गर्ने प्रस्ताव गरेको पनि बताउनु भयो । उहाँले भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनको विशिष्ट नेता भएको उल्लेख गर्दै उहाँको अवसनको दिन पारेर आफूले पार्टी एकताको घोषणा गर्ने प्रस्ताव राख्न पाएकोमा गर्वानुभूति भएको पनि बताउनु भयो ।

ओली र दाहालले बुधबार विहान मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्ने निर्णय गर्नु भएको थियो । तर त्यसको सार्वजनिक घोषणा भने दुवै दलका नेताहरु सम्मिलत मदन भण्डारी स्मृति दिवसको पारेर विहिबार बल्खुमा आयोजित कार्यक्रममा गरिएको हो । कार्यक्रममा दुवै दलका नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यस अवसरमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले मदन भण्डारीको विचारले २१ औं शताब्दीलाई पनि दिशाबोध गर्ने धारणा राख्नु भएको थियो । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको २५ वर्ष अघि दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

Logo