ओलीले लिए जगतगुरु शंकराचार्यसँग आर्शिवाद (भिडियो सहित)

ओलीले लिए जगतगुरु शंकराचार्यसँग आर्शिवाद (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा जगतगुरु निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गर्नु भएको हो । जगत गुरु शंकराचार्यलाई हिन्दु धर्म दर्शनको सबैभन्दा विद्धानको रुपमा लिइन्छ । यसै अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सबै धर्मले विश्व शान्ति, मित्रता र सदभाव चाहेको स्पष्ट पार्नु भयो । उहाँले ‘सबै मानव सुखी रहून’ भन्ने सबै धर्मको उद्देश्य रहेको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले महाभारतमा अन्यायको नाश गर्न गरिएका प्रयासहरुको वर्णन गर्दै समयक्रममा सबै धर्मले क्रोधमुक्त हुन आह्वान गरेको पनि उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री ओलीले १० दिने नेपाल भ्रमणका लागि आईतबार काठमाडौं आइपुग्नु भएका जगतगुरु शंकराचार्यलाई नेपालमा आउनु भएको पनि आभार व्यक्त गर्नु भएको थियो । जगतगुरु शंकराचार्यद्धारा लिखित धर्मदर्शन पुस्तकमध्ये १ सय ६१ वटा पुस्तक विश्व विख्यात छन । उहाँ सन १९९२ देखि जगतगुरु शंकराचार्य बन्नु भएको हो । नेपाल बसाईको क्रममा उहाँले पशुपतिनाथको पूजाआराधनाका अलावा चितवन, हेटौडा र वीरगंजमा पनि आध्यामिक यात्रा गर्ने कार्यक्रम तय गरिएको छ । अघिल्लो वर्ष माघमा जगतगुरु शंकराचार्यले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नै पीठमा बोलाएर हिन्दु सम्राट घोषणा गर्नु भएको थियो ।

Logo