ओलीले भने ‘अव चाँडै चीन जान्छु’ (भिडियोमा)

ओलीले भने ‘अव चाँडै चीन जान्छु’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताउनु भएको हो । आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालले छिमेकसँग सन्तुलित सम्बन्ध कायम गर्ने पनि बताउनु भयो ।

Logo