मोदी भ्रमण वारे संसदमा यसो भने प्रधानमन्त्रीले (भिडियोमा)

मोदी भ्रमण वारे संसदमा यसो भने प्रधानमन्त्रीले (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग आफूले राष्ट्रिय हितलाई कमजोर हुनेगरी कुनै पनि खालको समझदारी नगरेको पनि स्पष्ट पार्नु भयो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे आईतबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले अव दुई देशबीचको सम्बन्धलाई बराबरीको आधारमा अघि बढाउने वातावरण बनाउन पनि आफू सफल भएको दावी समेत गर्नु भयो । प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनताले राष्ट्रियताबारे देखाएको सजकताप्रति पनि खुसी व्यक्त गर्नु भयो । तर उहाँले मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दनको आलोचना गरिएकोमा भने असन्तुष्टि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको तराईका भूमि डुबान समस्या समाधान गर्न भारत तयार भएको पनि स्पष्ट पार्नु भयो । भारतीय प्रधानमन्त्री मोदीले वर्षा अघि नै डुबान समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिवद्धता जनाउनु भएको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले दुई देश बीच विगतमा गरिएको सहमति आगामी असोज महिना भित्रै कार्यान्वयन भईसक्ने गरी भारतसँग सहमति गरिएको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनु भएको पनि बताउनु भयो । उहाँले काठमाडौं–रक्सौल रेलवे निर्माणका लागि तत्काल कार्य दल बनाएर काम सुरु गर्ने, जलमार्ग निर्माणका लागि छिट्टै कार्यदल बनाउने, विदेशमन्त्री स्तरीय बैठक बसेर नेपालको आर्थिक विकासको चाहनालाई मूर्तरुप दिने लगायतका विषयमा पनि भारतीय समकक्षी मोदीसँग सहमति गरिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले भारतसँग ४ वटा स्थानबाट हवाई रुट लिने विषयमा पनि तत्काल प्राविधिक अध्ययन गरेर अघि बढने सहमति भएको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भारतसँगको व्यापार असन्तुलनलाई हटाउने विषयमा पनि भारतीय समकक्षी मोदीसँग गम्भिर छलफल गरिएको बताउनु भयो । उहाँले नेपालको चिया, अदुवा, जुट, अलैची लगायतका बस्तुहरु भारतमा निर्यात गर्दा हुने समस्या तत्काल समाधान गर्न भारत तयार रहेको पनि बताउनु भयो । त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग आफूले भारतीय नोट सटहीको विषयमा कुरा उठाएको पनि ओलीले जानकारी दिनु भयो ।

यहीक्रममा प्रधानमन्त्रीले २ नं प्रदेशका मूख्यमन्त्री लालबाबु राउतले मर्यादा उल्लंघन गरेको समेत स्वीकारेका थिए ।

Logo