मोदीलाई ‘गार्ड अफ अनर’ को सम्मान प्रदान (भिडियोमा)

मोदीलाई ‘गार्ड अफ अनर’ को सम्मान प्रदान (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जनकपुरबाट काठमाडौं आईपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा एक विशेष समारोहका बीच ‘गार्ड अफ अनर’को सम्मान प्रदान गरिएको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नु भएको थियो । समारोहमा प्रधानमन्त्री ओली, रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रधान सेनापति राजेन्द्र क्षेत्रीसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु सहभागी हुनु भएको थियो । सरकारले मोदीलाई दोस्रो पटक टुँडिखेलमा ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरेको हो । यस अघि पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीलाई पनि टुँडिखेलमै ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरिएको थियो ।

Logo