ओलीमाथि देवप्रसाद गुरुङको यस्तो आरोप (भिडियोमा)

ओलीमाथि देवप्रसाद गुरुङको यस्तो आरोप (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारका कारण एमालेसँगको पार्टी एकतामा शंका गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।

नेता गुरुङले प्रधानमन्त्री ओलीले एकतर्फी ढंगले अघि बढन खोज्दा २ पार्टीबीचको एकतामा ढिलाई हुन गएको पनि स्पष्ट पार्नु भयो । उहाँले २ अध्यक्ष मध्ये एक जनाले पार्टी र अर्कोले सरकारको जिम्मेवारी लिएर काम गर्ने सहमति भएको दावी गर्दै ओलीले फटाफट एक्लै निर्णय लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले पार्टी एकतामा ढिलाई नहुने तर विश्वासको वातावरण भने बनाउनुपर्ने पनि बताउनु भयो ।

नेता गुरुङले दुइ पार्टीबीच एकता हुन नदिने विदेशीहरुले चलखेल गरिरहेको भन्दै सचेत हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भारतीय सुरक्षाकर्मीको व्यापक परिचालन गरिएकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।

 

Logo