वीर अस्पताल सफाइका असली अभियन्ता (भिडियोमा)

वीर अस्पताल सफाइका असली अभियन्ता (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अहिले वीर अस्पताल परिसरमा तपाई जानु भयो भने पक्कै पनि केही न केही परिवर्तन देख्नुहुनेछ । अझ राती ९–१० बजेको समयमा जानुभयो भने तपाईले कोही झाडु लाउँदै गरेको, कोही रंग लाउँदै गरेको, कोही स्वीपर चलाउँदै गरेको देख्नुहुनेछ ।

त्यहाँका यी सबै दृश्य देखिसकेपछि सरकारले अस्पतालको पुननिर्माण गर्न थालेछ अथवा रंगरोगनको काम गर्न थालेछ भन्ने सोच्नुहोला । तर, त्यस्तो होईन, न सरकारले पूननिर्माण गर्न थालेको हो न रंगरोगन नै गर्न थालिएको हो । यो त खेम्स क्लिनिङले वीर अस्पतालको सरसफाई गरिरहेको हो ।

खेम शर्मा अहिले अष्ट्रेलियामा बस्छन्, उनको स्थायी घर चितवनको भरतपुर हो । शर्माको खेम्स क्लिनिङ यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन बोर्ड र पशुपति क्षेत्रमा सरसफाई गरिसकेको छ । प्रतिदिन ७ घण्टाका दरले एक महिनासम्म २१ जना प्राविधिक तथा अन्य जनशक्तिले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको सरसफाई गरे र सरसफाई कसरी गर्ने भन्ने प्राविधिक कुराहरुपनि उनीहरुले सिकाए । खेम्स क्लिनिङले सरसफाई गरेपछिको विमानस्थालको दृश्य यस्तो छ ।

खेम्स क्लिनिङको सरसफाई यात्रा यही यसैमा मात्र सिमित भएन् पशुपति क्षेत्रमा पनि उनीहरुले आफ्नौ कौसल देखाए र पशुपति क्षेत्रको अवस्था यस्तो बनाए । हेर्नुहोस् भिडियोमा

 

Logo