जनकपुर आइपुगे मोदी, के के छ योजना ?

जनकपुर आइपुगे मोदी, के के छ योजना ?

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइपुगेका छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट आएका मोदी जनकपुर उत्रेका हुन् । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

मोदी विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेका छन् । मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यक्रम छ । मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नेछन् ।

लगतै मोदी जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो हेलिकोप्टरबाट काठमाडौँतर्फ प्रस्थान गर्नेछन् ।

Logo