यस्तो छ मोदीको आजको कार्यतालिका

यस्तो छ मोदीको आजको कार्यतालिका

केन्द्रबिन्दु
0
Shares

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि आज नेपाल आउदै छन् । मोदी भारतीय बिहान करिब सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ । उनलाई रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा विमानस्थलमा स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओलीद्वारा स्वागत गर्ने कार्यक्रम छ । मन्दिरमा संयुक्त रुपमा पूजाआजा र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किट घोषणा, जनकपुर र अयोध्याबीच सिधा बस सेवाको उद्घाटन गर्ने कार्यतालिका छ ।

त्यहाँ जानकी मन्दिरको पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो १ बजे काठमाडौं आउने छन् । त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मोदी सम्मानगारत लिन  सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम  छ ।

त्यसपछि उनले नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसंग भेटघाट गर्ने कार्यतालिका छ । आजै मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेट्नेछन्  ।लगतै बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता हुनेछ । 

मोदीलाई आजै रात्रिभोजको सम्मान दिने तयारी गरिएको छ । उनको बासको ब्यबस्था होटल होटल हायातमा गरिएको छ ।

यसैबीच आज प्रदेश २ मा सार्वजनिक बिदा समेत दिइएको छ । 

Logo