काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल आउँदैछन् । कुनै राजनीतिक एजेण्डाविना २ दिने नेपाल भ्रमणमा आउन लागेका मोदी जनकपुर, मुक्तिनाथ दर्शनमा जानेछन् । "/>

ओलीलाई समीकरण फेरबदलको संकेत र प्रचण्डको एक्सन !

ओलीलाई समीकरण फेरबदलको संकेत र प्रचण्डको एक्सन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल आउँदैछन् । कुनै राजनीतिक एजेण्डाविना २ दिने नेपाल भ्रमणमा आउन लागेका मोदी जनकपुर, मुक्तिनाथ दर्शनमा जानेछन् । उनको भ्रमण राजनीतिक भन्दा धार्मिक महत्वको मानिएको छ ।

यता नेपालमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम गृहकार्य भईरहेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको अन्तिम गृहकार्यमा लागिपरेका छन् ।

एकातिर पार्टी एकताको गृहकार्य भईरहेको छ । अर्कोतिर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई पनि तिब्रता दिईरहेका छन् ।

प्रचण्डले केही दिनअघि मात्रै नयाँ शक्ति पार्टीका संयोजक एवं आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् । उक्त भेटका क्रममा प्रचण्डले सहकार्यको लागि आह्वान गरेको बताईएको छ ।

यता नेपाली कांग्रेसका नेताहरुले पनि सत्ता ढाल्ने चेतावनी दिईरहेका छन् । तर कांग्रेस नेताको उक्त चेतावनीलाई प्रधानमन्त्री ओलीले कडा जवाफ दिईसकेका छन् । ओलीले कांग्रेसको चेतावनीलाई ‘कुनै भतिज’ को अभिव्यक्ति भनेका छन् ।

भारतले नेपालको राजनीतिमा सधै हस्तक्षेप गर्दै आईरहेको छ । यतिबेला भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनैलाग्दा नेपालमा विभिन्न शक्तिहरु पनि सक्रिय भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अन्यत्र भेटघाटलाई पनि यसको एउटा उदाहरण मान्न सकिन्छ ।

यसैबिच प्रधानमन्त्री ओलीले अर्थपूर्ण ट्वीट गरेका छन् । सोमबार गरेको ट्वीटलाई लिएर फेरि कतै सत्ता परिवर्तनको खेल त हुन लागेको होईन् भन्ने आशंका पैदा भएको छ । ओलीले ट्वीट गर्दै भनेका छन्, ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ ।’ निकै अर्थपूर्ण मानिएको उनको ट्वीट कसलाई लक्षित गरिएको भन्नेबारे खुलाईएको छैन् ।

नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई स्वागतको तयारीमा रहेका ओलीलाई समीकरण फेरवदलको हुन सक्ने संकेतले झस्काएको हो । यसअघि पनि माओवादी केन्द्रको सहयोगमा नै प्रधानमन्त्री बनेको ओलीलाई अन्ततः प्रचण्डले धोका दिएका थिए ।

प्रचण्डले कांग्रेससँग मिलेर सरकार बनाएपछि ओलीले भारतको इसारामा बनेको लम्पसारवादीको आरोप लगाएका थिए । ओलीले लोकतन्त्रमा जनता बलियो हुने भन्दै त्यसको प्रतिबिम्ब सरकारको कामका देखापर्ने दाबी गरेका छन् ।

सार्वभौमसत्ताको कुरा उठाउँदै ओलीले लेखेका छन्, ‘लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका कामका देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’

ओलीको ट्वीटप्रति प्रचण्डको आपत्तिः
ओलीको समीकरण फेरबदलमा बानी परेका भन्दै गरेको ट्वीटप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आपत्ति जनाएका छन् । सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल समेत गर्ने बताएका हुन् ।

ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर माओवादी नेताहरुले अध्यक्षसँग जवाफ मागेका थिए । त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।

Logo