दाङमा चिडियाखाना बनाउन सांसद कोमल वलीको माग

दाङमा चिडियाखाना बनाउन सांसद कोमल वलीको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा सदस्य तथा दाङकी एमाले नेता कोमल वलीले दाङमा राष्ट्रिय स्तरका दुईवटा चिडियाखाना निर्माणका लागि माग गरेका छन् । त्यसका लागि आर्थिक वर्ष २०७५/७६ मा बजेटको व्यवस्था गरिदिन वनमन्त्री शक्ति बहादुर बस्नेतलाई मागपत्र बुझाएकी हुन् ।

वनमन्त्री बस्नेतसँग भेटी आगामि दुई चिडियाखानाका लागि उपर्युक्त वजेटको ब्यवस्था गरिदिन वलीले माग गरेकी हुन् । सांसद ओलीले तुलसीपुर उपमहानगर पालिकामा एउटा र देउखुरी उपत्यकाको लमहीनगरपालिकामा एउटा गरि दुई वटा चिडियाखाना बनाउन पहल थालेकी हुन् ।

मन्त्री बस्नेतले प्राकृतिरुपले सम्पन्न दाङमा राष्ट्रियस्तरको चिडियाखाना बनाउन आफूले योजनामा राखिदिने बताएको सांसद वलीले जानकारी दिईन् । ‘समृद्ध दाङ बनाउनका लागि मैले धेरै नै योजना बनाएकी छु, ती मागहरु लिएर सम्बन्धित निकायमा जानेछु ।’ वलीले भनिन् । दाङलाई सुन्दर र सम्बृद्ध बनाउन हरसम्भव लागिरहने बताउदै वलीले दक्षिण एशियाकै ठूलो उपत्यका दाङको मुहार जरुर चाँडै फेरिने बताइन् ।

Logo