बाबुराम भट्टराई अचानक भारत जाँदै

बाबुराम भट्टराई अचानक भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई शुक्रबार भारत जाने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यक्रमलाई सम्बोधन गर्न नेता भट्टराई भारतको बैंगलोर जान लागेका हुन् । 

संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिने कार्यतालिका छ । भट्टराईले भारतमा एक साता बसेर नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन । साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन गर्नेछन ।

भट्टराईसँगै नयाँ शक्ति पार्टीका विदेश विभाग इन्चार्ज हिसिला यमी र  ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जाने भएका छन् ।

Logo