दिल्ली एग्रिमेन्ट: ‘सगरमाथालाई सागरसम्म जोड्ने, दिल्ली-काठमाडौं रेल चलाउने’

दिल्ली एग्रिमेन्ट: ‘सगरमाथालाई सागरसम्म जोड्ने, दिल्ली-काठमाडौं रेल चलाउने’

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई आकर्षक सहमति गरेका छन् । नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने र सगरमाथालाई सागरसम्म जोड्ने सहमति गरेका हुन् । संयुक्त सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले इनल्यान्ड वाटर ब्रिज निर्माणमा सहयोगको सहमति भएको बताएका हुन्।

भेटबार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारत गम्भीर रहेको बताए। प्रधानमन्त्री मोदीले आफुले सुरु गरेको ‘सबका साथ सबका विकास’ र नेपालको लागि प्रधानमन्त्री ओलीले सुरु गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजन एकअर्काको परिपूरक रहेको बताए । ‘जनकेन्द्रित योजना, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख शान्ति र समृद्धिको लागि एकसाथ मिलेर अगाडि बढ्नेछौं।’ मोदीले भने ।

मोदीले भूपरिवेष्टित मुलुकको रुपमा रहेको नेपाललाई सागरसम्म जोड्नका लागि भारत पुल बन्ने धारणा राखे। ‘सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ,’ उनले भने, ‘त्यसपछि नेपाल ल्यान्ड लिंक्ड मात्रै होइन वाटर लिंक्ड देश बन्नेछ।’

Logo