सम्झौता भन्दा पनि मित्रता ठूलो- प्रधानमन्त्री ओली

सम्झौता भन्दा पनि मित्रता ठूलो- प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्झौताभन्दा मित्रता ठूलो कुरा भएको बताएका छन् । भारतले दिएको गार्ड अफ अनर सम्मानपछि मिडियासँग छोटो कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतसितको भित्रतामा जोड दिए ।

प्रधानमन्त्री ओलीले मित्रता आफ्नो लागि सबैभन्दा महत्वपुर्ण रहेको बताउँदै त्यससँग अरु चिजको तुलना हुन नसक्ने उल्लेख गरे। ‘कुनैपनि सन्धि, सम्झौता सुरु हुने भनेको मित्रताबाट हो त्यसैले हामी हाम्रा छिमेकीसँग मित्रताको अपेक्षा गछौ ।’ओलीले भने ।

प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन् । आजै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटबार्ता गर्ने कार्यतालिका छ ।

Logo