ओली भेट्न किन गए देउवा वालुवाटार ? (भिडियोमा)

ओली भेट्न किन गए देउवा वालुवाटार ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग आर्थिक विकासको एजेन्डामा केन्द्रित भएर विषय उठान गर्न सुझाव दिएका छन । उनी सुझाव दिन आज बालुवाटार पुगेका थिए । देउवासँगै आधा दर्जन पूर्वप्रधानमन्त्रीहरु समेत बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आफूले राख्नुपर्ने एजेन्डाका विषयमा परामर्श गर्न बोलाएको परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक विकासको एजेन्डालाई प्राथमिकतामा साथ उठान गर्न सुझाव दिएका छन् । राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक विकासको एजेन्डालाई प्राथमिकताका साथ भारत सरकारसँग उठान गर्न पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको एमाले नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पूर्व प्रधानमन्त्रीहरुले विगतमा भएका सहमतिको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने वातावरण बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओली आगामी शुक्रबार ३ दिने भारतको राजकीय भ्रमणमा जाँदै छन् । सोही सम्बन्धमा प्रधानमन्त्री ओलीले बुधबार विहान नेपाल भारत प्रवद्ध समूह, नेपाल–भारत मामिलाका विज्ञहरुसहित पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गरेका हुन् । करिव पौने २ घण्टा लामो परामर्शमा पूर्व प्रधानमन्त्रीहरुले बलियो र स्थायी सरकारको रुपमा हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुने विश्वास पनि व्यक्त गरेका थिए । परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरु देउवा सहित, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

 

Logo