संसदमा तीन बिधेयक प्रस्तुत

संसदमा तीन बिधेयक प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । 

संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गरे भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” प्रस्तुत गरे । 

उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो । संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ ।

Logo