संसदमा अर्थमन्त्री खतिवडाको सम्बोधन (हेर्नुहोस् लाइभ)

संसदमा अर्थमन्त्री खतिवडाको सम्बोधन (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संसदमा सम्बोधन गरिरहेका छन् । मन्त्री खतिवडाले देशको समग्र अबस्थाका बारेका श्वेतपत्र प्रस्तुत गर्ने छन् ।

श्वेतपत्रमा मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यमा कसरी अगाडि बढ्ने भन्ने रणनीति समेटिएको हुन्छ । यसअघि मन्त्रालयले प्राविधिक कारण देखाउँदै श्वेतपत्र जारी गर्न सकेको थिएन । 

देश एकिकृत राज्य प्रणालीबाट संघीय संरचनाअनुसार विकेन्द्रीत हुँदै गइरहेको अवस्थामा खर्चका स्रोतहरू बाँडिदै गएको र आम्दानीका स्रोत घट्ने निश्चित हुँदा आर्थिक परिसूचक नकारात्मक रहेको हालको अवस्थालाई चित्रण गर्न अर्थ मन्त्रालयले ह्वाइपेपर निकाल्ने प्रक्रिया अघि बढाएको थियो । 

पछिल्लो समय बैंकहरू लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । देशको शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा छ । अर्थतन्त्रमा टेवा पु¥याउने पूँजीगत खर्च करिब २३ प्रतिशतको हाराहारीमामात्र खर्च हुन सकेको छ । 

हेर्नुहोस लाइभ 

Logo