पर्यटन मन्त्रालयले यसरी मनाउँदैछ, हनिमुन (भिडियोसहित)

पर्यटन मन्त्रालयले यसरी मनाउँदैछ, हनिमुन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले १ सय दिन भित्र सम्पन्न गरिने कार्यक्रमहरु सार्वजनिकको सूची सार्वजनिक गरेका छन् । मन्त्रालयले शुक्रबार पर्यटन बोर्डमा कार्यक्रम गरि १८ वटा मुलभुत प्रमुख कार्यहरु सार्वजनिक गरेको हो ।

यस कार्यक्रम अन्तर्गत राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, भुकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण,नीतिगत तथा कानूनी सुधार र कार्य पद्धतिमा सुधार, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार लगायत कार्यहरुलाई प्राथमिकता राखिएको छ । त्यस्तै रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरि पोखरी भित्र रहेको यमलेश्वर मन्दिरको पुर्ननिर्माण सय दिन भित्र सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

त्यस्तै मन्त्री अधिकारीले  तीन महिनाभित्र ६ वटा ट्वीनअटर विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा देखिएको विमान उड्ने र अवतरणमा देखिएको समस्या न्यूनिकरणका लागि आवश्यक व्यवस्था मिलाई कम्तिमा दैनिक २१ घण्टा संञ्चालन गर्ने, आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूली चौरको साथै अन्य संभाव्य स्थानको अध्ययन गर्ने लगायत विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ । सय दिन भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी तय गर्नुको साथै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने योजना मन्त्रालयले अघि सारेको छ ।

यसका साथै संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण, अभिलेखको डिजिटाईजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन, पर्यटकीय तथ्यांक अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, , पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण, हवाई उद्योग व्यवस्थापन, प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार र नेपाल बायूसेवा निगमको सुदृढीकरण लगायत रहेका छन् ।

मन्त्री अधिकारीले घोषित कार्यक्रमहरुको कार्यन्वयन र प्रभावकारीतालाई सचिवस्तरबाट अनुगमनको ब्यबस्था मिलाइने पनि जानकारी दिए ।

Logo