देउवालाई सिटौलाको चेतावनी- ‘पार्टी तपाईले कब्जा गरिरहँदा देश अर्कैले कब्जा गर्ला’

देउवालाई सिटौलाको चेतावनी- ‘पार्टी तपाईले कब्जा गरिरहँदा देश अर्कैले कब्जा गर्ला’

केन्द्रबिन्दु
0
Shares

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब पनि नफेरिए कांग्रेस समाप्त हुने बताएका छन्।

चुनावमा कांग्रेस हारको समिक्षा गर्न बसेको बैठकमा देउवातर्फ इंगित गर्दै उनले भने- ‘‘जस्तो छु त्यस्तै ठिक छ भनेर हिँड्ने हो भने पार्टी त तपाईँले कब्जा गर्नुहोला देश अर्कैको कब्जामा जान्छ।’ 

चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न बनाइएको लोकतान्त्रिक गठबन्धनले काँग्रेसलाई घाटा भएको पनि उनले जिकिर गरे। नेता सिटौलाले चुनाबमा पुरातनवादी राप्रपा जस्तो पार्टीसंग सहकार्य गर्नु एकदम गलत भएको बताए । उनले भने, ‘चुनावी मुद्दा पनि वामगठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हाम्रो भएन, त्यसैले हामी हार्‍यौँ।’

Logo