खुमबहादुर खड्काको अबस्था गम्भीर

खुमबहादुर खड्काको अबस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । लामो समयदेखि मिर्गाैला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।

Logo