किन बसिरहेका छन् ओलीको जिल्लामा पूर्वराजा ? (भिडियोमा)

किन बसिरहेका छन् ओलीको जिल्लामा पूर्वराजा ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व पञ्चहरुको एउटै पार्टी बनाउन सक्रिय भएका छन् । उनले झापा पुगेर राप्रपा नेताहरुलाई भेट्न थालेपछि उनको सक्रियता पुष्टि भएको हो । भेटघाटमा संलग्न एक स्थानीय नेताले भने – ‘पूर्वपञ्चहरुको एउटै पार्टी भयो भने त्यो शक्तिशाली हुन सक्छ भन्ने राजाको विश्लेषण थियो ।’

झापा दमकमा रहेको हिमालय चिया बगानमा बसिरहेका शाहले एक दर्जन नेताहरुसँग भेटघाट गरिसकेका छन् । भेटघाटमा उनले समसामयिक राजनीतिक विषयमा मात्र कुरा गरेको स्रोतको दावी रहेको छ । हिमालय चिया बगान ज्ञानेन्द्रको स्वामित्वको बगान हो ।

पूर्वराजा ज्ञानेन्द्रले बुद्धिमान तामाङ, राजाराम श्रेष्ठ, सगुन लावती लगायतका नेतालाई भेटेका हुन् । यी नेताहरु ज्ञानेन्द्र भेट्न झापा पुगेका थिए । स्रोत भन्छ, उनले केन्द्रका बी ग्रेडका र स्थानीयमा हैसियत भएका नेताहरुलाई मात्र भेटेका थिए ।

तीन राप्रपा छुट्टा छुट्टै अघि बढ्दा चुनावमा पराजय भएको राप्रपा नेताहरुको विश्लेषण आइरहेकावेला ज्ञानेन्द्रले राजावादीहरुको भिन्न पार्टी बनाउने प्रयत्न गरेका हुन् । खासगरी तीन राप्रपाका अध्यक्षहरु कमल थापा, पशुपतिशम्शेर राणा र प्रकासचन्द्र लोहनीले पार्टी चलाउन नसक्ने निश्कर्षमा पूर्वराजा पुगेको भेटघाटमा संलग्न स्रोतको दावी रहेको छ ।

राजनीतिक रुपमा चलखेल गर्न पूर्वराजा ज्ञानेन्द्र किन प्रधानमन्त्री केपी ओलीको जिल्ला झापा नै पुगे त ? राप्रपाका एक नेता भन्छन् –‘चुनावमा राप्रपाको राम्रो भोट आएकाले उनले झापा रोजे होला, अर्को कुरा उनी बसिरहेको हिमालय चिया बगान उनको आफ्नै हो । यसमा केपी ओलीको गाऊँ भएर होइन ।’ पूर्वराजा ज्ञानेन्द्र अझ एक साता पूर्वमा नै रहने स्रोतको दावी रहेको छ ।

Logo