५ बर्षभित्र काठमाडौंमा रेल कुदाएरै छोड्छौं (भिडियोमा)

५ बर्षभित्र काठमाडौंमा रेल कुदाएरै छोड्छौं (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्ष भित्र काठमाडौंमा रेल गुड्ने दावी गरेका छन् ।

मन्त्री महासेठले रेल मार्ग र काठमाडौंको सडक विस्तारको कामलाई व्यवस्थित रुपमा अघि बढाउन एक हप्ता भित्र विस्तृत योजना सार्वजनिक गर्ने घोषणा पनि गरे । उनले आर्थिक समृद्धि र भौतिक पूर्वाधारको कामलाई तीव्र गतिका साथ अघि बढाउने प्रधानमन्त्री केपी ओलीको चाहना पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको निर्देशन र नेपाली जनताको चाहना अनुसार सरकारले मुलुकमा विकास, निर्माणको काममा चमत्कार नै गरेर देखाउने पनि बताए ।

मन्त्री महासेठले अघिल्लो सरकारले थोपरिदिएको व्ययभारलाई कम गर्दै लैजाने योजना पनि अघि सारे । उनले सरकार बाम गठबन्धनले अघि सारेको चुनावी घोषणा पत्रलाई कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको पनि बताए ।

Logo