सरकारप्रति आक्रोशित बने देउवा

सरकारप्रति आक्रोशित बने देउवा

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भिर आरोप लगाएका छन् ।

सभापति देउवाले न्यायालयमाथि हुने हस्तक्षेप काँग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएका छन् । उनले गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधिशबाट पदमुक्त गरेकोतर्फ संकेत गर्दै न्यायालयमाथिको हस्तक्षेप सैह्य नहुने बताएका हुन् । आईतबार चितवनको रत्ननगरमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियनको सातौं महाधिवेशन उदघाटन गर्दै सभापति देउवाले सरकारलाई दुई तिहाईको दम्भ देखाउने काम नगर्न पनि सचेत गराए । उनले न्यायालय र कर्मचारी तन्त्रलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा समेत जोड दिए ।

सभापति देउवाले सरकार दम्भका साथ अघि बढे डटेर सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।

Logo