मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवामा समर्पित हुन सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले कर्तव्यबाट च्यूत हुने कुनै पनि निकायलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुलाई विशेष निर्देशन दिँदै उनले कुनै पनि बहानामा भ्रष्टाचार लगायतका अनियमितता गरे सैह्य नहुनेतर्फ पनि सचेत गराए । प्रधानमन्त्रीले मुलुकको अखण्डतामाथि आँच आउने कुराहरुलाई कडाईका साथ नियन्त्रण गर्न पनि निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकारले ऐतिहासिक जिम्मेवारी पाएको स्मरण गराउँदै स्रोतको थोपाथोपा परिचालन गरेर मुलुकको राष्ट्रिय अभिभार पूरा गर्न पनि सचेत गराएका थिए । प्रधानमन्त्रीले सरकार ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने प्रतिवद्धता पुरा गर्न प्रतिवद्ध भएर लागिपर्ने उल्लेख गर्दै सोही अनुसारको काम गर्न पनि मातहतका निकायलाई सचेत गराएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा सरकारका मन्त्री तथा राज्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, सुरक्षा निकायका प्रमुख र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

Logo