उपराष्ट्रपतिका लागि मनोनयन दर्ता हुँदै

उपराष्ट्रपतिका लागि मनोनयन दर्ता हुँदै

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता गर्न आग्रह गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्कापक्की छ । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।

आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

Logo