काठमाडौं
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । "/>

काँग्रेसमा गुट रोग, प्रतिपक्ष कमजोर बन्ने चिन्ता

काँग्रेसमा गुट रोग, प्रतिपक्ष कमजोर बन्ने चिन्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्को पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्न भिन्न हुँदा राज्यका महत्वपूर्ण पदहरू समेत गुमाउन पुगेको छ । आन्तरिक रूपमा बलियो हुनु पर्ने अवस्थामा समेत कांग्रेस एक हुन नसक्दा संसदमा कांग्रेसले देखाउने प्रतिपक्षीको भूमिका समेत कमजोर हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

मुलुकमा प्रजातन्त्र स्थापना देखि राणा शासनको अन्त्य र राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको प्रारम्भ सम्मको अनुभव प्राप्त कांग्रेस संविधान जारी गर्दै मियोको भूमिकामा रहँदा समेत पछिल्लो निर्वाचनको परिणामपछि संसदमा एक चौथाइको स्थानमा खुम्चिन पुगेको हो । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनार्इमा नेतृत्वमा विचार प्रतिको दर्शन, संगठन र नेतृत्व हाँक्ने क्षमता क्षीण हुँदा निर्वाचनमा कमजोर भएको कांग्रेस प्रतिपक्षमा समेत कमजोर हुने अवस्था आएको देखिन्छ ।

‘बीपी देखि सुशील कोइराला सम्म नेतृत्वमा रहँदा कांग्रेस भित्र विचार दर्शन, संगठन र नेतृत्व प्रतिको क्षमता थियो तर पछिल्लो नेतृत्व सबै कुरामा कमजोर हुँदा निर्वाचन देखि प्रतिपक्षको भूमिकामा समेत कमजोर हुने अवस्था देखा परेको छ,’ आचार्यले भने । उनले आन्तरिक गुट उपगुटका कारण पछिल्लो समय प्रतिपक्षमा रहँदा समेत कांग्रेस प्रतिको चिन्ता र चासो झनै बढेको बताए ।
राजधानीबाट

Logo