उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित

उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् ।

तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने उनका प्रतिस्पर्धी  कांग्रेसकी पुष्पा भुसाललाई ५८ मत खसेको छ । तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए भने भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरेका थिए ।

Logo