संसद बैठक: उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत (हेर्नुहोस् लाइभ)

संसद बैठक: उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । 

सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)का शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरे । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी दिएको बताए । 

उनले सभामुख पदमा कृष्णबहादुर महरालाई काँग्रेसले समर्थन गरेको तथा उपसभामुखमा फरक फरक दलको उम्मेदवार हुनुपर्नेमा एमाले र माओवादी केन्द्र चाँडै एकीकृत हुने भएकाले पनि काँग्रेसको उम्मेदवारी सान्दर्भिक भएको दाबी गर्दै अंक गणितका आधारमा उपसभामुखमा भुसाललाई हराइए सदन अवरोध हुने खतरा बढ्न सक्ने बताए । 
सो प्रस्तावमा काँग्रेसको समर्थन गर्दै देवेन्द्रराज कँडेलले जनताको विश्वासलाई जित्नका लागि सरकार विपक्षी मिलेर जानुपर्ने अवस्थामा मध्यस्थ भूमिका निर्वाह गर्न भुसालको उम्मेदवारी आवश्यक छ भने  । 

तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरे । उनले विद्यमान राजनीतिक अवस्थामा जनताको जनादेशका आधारमा जानुपर्ने भएकाले तुम्बाहाङफेलाई पार्टीले अघि सारिएको बताए । गुरुङको प्रस्तावमा समर्थन गर्दै नेकपा (एमाले)का रवीन्द्रप्रसाद अधिकारीले तुम्बाहाङफे कानून व्यवसायीका साथै वाम आन्दोलनमा योगदान दिएको व्यक्ति भएको बताउँदै उहाँको नाममा सहमति गर्न आग्रह गरे । 

दुई प्रस्तावमा छलफलपछि उपसभामुखको निर्वाचन हुनेछ । 

Logo