नवनियुक्त मन्त्रीहरुको सपथ डेढ घन्टा सर्यो

नवनियुक्त मन्त्रीहरुको सपथ डेढ घन्टा सर्यो

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त मन्त्रीहरुको सपथ साढे पाँच बजे मात्र हुने भएको छ ।

यस अघि ४ बजे हुने भनिएको सपथ डेढ घन्टा सरेको हो । राष्ट्रपति कार्यालयले त्यसको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा आज १४ मन्त्री थपिदै छन्।

एमालेबाट प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, रविन्द अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत विश्वकर्मा मन्त्री बनेका छन् । त्यस्तै एमालेले गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाउने भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पाँँच मन्त्रीको नाम प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । प्रचण्डकी बुहारी बिना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।माओवादीबाट वर्षमान उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । वर्षमान यसअघि अर्थमन्त्री बनिसकेका छन् । गिरिराजमणी पोखरेल शिक्षा मन्त्री र शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि पनि शिक्षामन्त्री र बस्नेत गृहमन्त्री बनिसकेका हुन् ।

यस्तै चक्रपाणी खनाल कृषि तथा शहकारी बनेका छन् ।

Logo