१४ जना मन्त्रीको शपथ ४ बजे, कुन मन्त्रालय कसलाई ?

१४ जना मन्त्रीको शपथ ४ बजे, कुन मन्त्रालय कसलाई ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

एमालेका ७, माओवादी केन्द्रका  ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज ४ बजे सपथ लिने भएका छन्। फोरमलाई पनि सरकारमा ल्याउन यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय गरेको छ।

संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन् । उनीहरुमध्ये यादव सहरी विकास र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ।

एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी र रघुवीर महासेठको नाम  टु‌ंगिए पनि बाँकी पाँच जनाको नाम टुंगो लगिसकेको छैन। यदपि एमालेले परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय परेका छन्।

त्यस्तै माओवादीबाट गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत मन्त्री बन्ने पक्का भएका छन्। बाँकी एक जनामा जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुनेछन् ।  माओवादीले शिक्षा, उर्जा, कृषि, वन, सिँचाइ मन्त्रालय पाएको छ। गिरीराजमणि पोरखेलले शिक्षा र वर्षमान पुनले उर्जा मन्त्रालय सम्हाल्ने टुंगो भैसकेको स्रोतले बताएको छ ।

नवनियुक्त मन्त्रीहरुको राष्ट्रपति कार्यालय शीतल निवासमा  आज अपरान्ह ४ बजे सपथको तयारी गरिएको छ । आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ ।

Logo