मन्त्रिपरिषदको निर्णय उलंघन गर्दै थपियो ३ मन्त्रालय

मन्त्रिपरिषदको निर्णय उलंघन गर्दै थपियो ३ मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

केन्द्रिय मन्त्रालयको संख्या १७ बनाउने मन्त्रिपरिषदको निर्णय उलंघन गर्दै मन्त्रालयहरुको संख्या थप गरिएको छ  । दलहरुको भागवण्डा मिलाउन मन्त्रालय थपिएको हो ।

थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग मन्त्रालय भएका छन् । श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलग मन्त्रालय भएका छन् ।

अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । मन्त्रालयको संख्या बढीमा २५ कायम गर्नुपर्ने संबैधानिक ब्यबस्था छ ।

Logo