सम्भावित मन्त्रीहरु: प्रचण्डको बुहारीदेखि प्रेम आलेसम्म

सम्भावित मन्त्रीहरु: प्रचण्डको बुहारीदेखि प्रेम आलेसम्म

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी रहेको छ । आज बिस्तार गरिने मन्त्रिपरिषदमा एमाले र माओवादीका मन्त्रीहरु समेत थपिने छन् ।  एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय हुने गरि भागबण्डा गरिएको बुझिएको छ । त्यस्तै राजपालाई पनि दुई मन्त्रालय दिने तयारी गरेको छ ।

मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालय सहित २५ मन्त्रालय गठन गर्न सक्नेछ । यस अघि मन्त्रिपरिषद्ले १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो ।

सम्भावितहरु 
नेकपा एमालेबाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ सम्भावित नामहरु हुन् ।त्यस्तै प्रदेश २ बाट रघुवीर महासेठ, प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा त्यस्तै प्रदेश ७ बाट प्रेम आले र नारदमुनि राना सम्भावित मन्त्रीहरु हुन्  ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालका बुहारी बिना मगर, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जर्नादन शर्मा र शक्ति बस्नेत मन्त्री बन्ने सम्भावना छ ।

Logo