कृष्णबहादुर महरा सभामुख चयन

कृष्णबहादुर महरा सभामुख चयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा चयन भएका छन् ।

शनिबार बसेको संसदको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । शुक्रबार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका देव गुरुङले समर्थनमा महरालाई मनोनयन गरेका थिए । अरु कसैको पनि उम्मेद्वारी नपरेपछि महरा सर्वसम्मत सभामुख चयन भएका हुन् ।

महरालाई नेपाली कांग्रेसले पनि समर्थन गरेका छन् । संसदको बैठकमा बोल्दै कांग्रेका तर्फबाट प्रमुख सचेतकको भूमिका खेलिरहेका नेता मिनेन्द्र रिजालले महरालाइ आफ्नो पार्टीले समेत समर्थन दिएको बताए ।

यसैबीच सरकारले आईतबार विश्वासको मत लिने भएको छ । 

Logo