अर्थमन्त्रीसहित ‘छुटेका’ ३ जनाले लिए शपथ

अर्थमन्त्रीसहित ‘छुटेका’ ३ जनाले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यस अघि शपथ ग्रहण गर्न छुटेका तीन जना राष्ट्रियसभा सदस्यहरुले आज शपथग्रहण गरेका छन् । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई आज शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथग्रहण गराएका हुन् । शपथग्रहणसँगै अब राष्ट्रपति चुनावमा भोट हाल्न पाउने भएका छन् । 

शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको थियो ।

Logo