माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने भएको छ । "/>

माओवादी निर्णय: सभामुखको उम्मेदवार कृष्णबहादुर महरा

माओवादी निर्णय: सभामुखको उम्मेदवार कृष्णबहादुर महरा

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय सचिवालय समितिको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

वाम गठबन्धनबीच भएको पदीय भागबन्डा अनुसार सभामुख पद माओवादीको भागमा परेको थियो  । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।

सभामुखका लागि माओवादीभित्र पूर्व सभामुख ओनसरी घर्ती मगर, देव गुरुङ, अग्नि सापकोटा, गिरिराजमणी पोखरेल लगायत आकांक्षी थिए ।सभामुख पदमा लागि शनिबार दिउँसो १ बजे निर्वाचन हुँदैछ । 

Logo