प्रधानमन्त्री ओलीसामु फोरमको यस्तो ४ शर्त

प्रधानमन्त्री ओलीसामु फोरमको यस्तो ४ शर्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन दिलोज्यान दिएर लागेका छन् । तर फोरमका अध्यक्ष उपेन्द्र यादव भने सरकारमा जान अघि बिभिन्न ४ बुंदे शर्त अघि सारेका छन् ।

फोरमले संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएको हो । एमाले र माओबादीले फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे सर्त अघि सारेको हो।

यस्ता छन् फोरमले अघि सारेका ४ शर्त 

१. ०६४ भदौ १३ गते भएको २२ बुँदे सम्झौताको कार्यान्वयन

२. संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन

३. धारा २७४ मा नै उपधारा थप्दै संघीय सीमांकन आयोगको गठनसम्बन्धी प्रावधान राख्ने 

४. प्रदेश २ को सरकारमा एमाले पनि सहभागी हुनुपर्ने ।

Logo