सोमबार ३ बजे सबै मन्त्रीको शपथ- प्रचण्ड

सोमबार ३ बजे सबै मन्त्रीको शपथ- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने बताएका छन् । 

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गर्नुभयो ।

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताए ।

Logo