माओवादी मन्त्रीहरु: प्रचण्डकी बुहारीदेखि पूर्व मन्त्रीसम्म

माओवादी मन्त्रीहरु: प्रचण्डकी बुहारीदेखि पूर्व मन्त्रीसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सातै प्रदेश तथा जातीय, क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको श्रोतले बताएको छ । आकाँक्षी धेरै भए पनि अनुभवी र काम गर्न सक्ने नेताहरुलाई चयन गरिएको छ । मन्त्रीहरुको नामसँगै उनीहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाए पनि सार्वजनिक भने गरेको छैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् ।

प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा छलफल चलिरहे पनि प्रदेश २ बाट मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापा रहेका छन् ।

यसैगरी प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएका छन् ।   सतहमा चर्चामा आएका तर मन्त्रीको सूचीमा नपरेकालाई आफू प्रधानन्त्री हुँदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतले बताएको छ ।

Logo