काठमाडौँ  ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा केक काटेर जन्मदिन मनाएका छन् । "/>

प्रधानमन्त्रीले बालुवाटारमा काटे केक, भारतीय राजदुतदेखि पितासमेतको उपस्थिति

प्रधानमन्त्रीले बालुवाटारमा काटे केक, भारतीय राजदुतदेखि पितासमेतको उपस्थिति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा केक काटेर जन्मदिन मनाएका छन् । ओलीले मन्त्रिपरिषद बैठक लगतै केक काटेर उपस्थित नेताहरुलाई ख्वाएका हुन् । 

ओलीको बर्थ डे केक खान भारतीय राजदुत, चिनिया राजदुतदेखि बिभिन्न पार्टीका नेता कार्यकर्ता समेत् बालुवाटार पुगेका छन् । छोरालाई शुभकामना दिन ओलीका पिता मोहनप्रसाद ओली पनि बालुवाटार पुगेका छन् । कार्यक्रममा चिनिया राजदूत यु होङ बालुवाटार पुगेको केहि समयपछि मात्र भारतीय राजदुत मन्जिभ सिंहबालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको जन्म तेह्रथुमको ईवा गा वि स मा २००८ सालमा भएको हो । उनी–स्व मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।जन्म दिनलाई बिशेष बनाउन यही अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ । 

प्रधानमन्त्री ओलीले बिहीबार राति १२ बजे नै पत्नी राधिकासाथ जन्मदिनको केक काटे । ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल र टेलिफोनमार्फत शुभकामना दिइरहेका छन् । २०७० सालमा पहिलोपटक निजी निवास बालकोटमा जन्मदिनको अवसरमा भोज आयोजना गरियो । कम्युनिस्ट नेताले जन्मदिन बनाएर शाही प्रवृत्ति देखाएको भन्दै आलोचना भयो । अर्को वर्ष उनले जन्मदिनको कुनै कार्यक्रम राखेनन् । तर, लोक संगीतकर्मीहरुसमेतलाई लिएर निकट कार्यकर्ता र शुभेच्छुक बालकोट पुगेपछि उनी सरिक भएका थिए ।

रोचक के छ भने २०७० सालमा जन्मदिन मनाएको भन्दै आलोचना गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको जन्मदिन ओलीले नै आयोजना गरिदिए । त्यसपछि एमालेमा जन्मदिनको विषयमा हुने बहस नै अन्त्य भयो । अहिले सिनियर नेताहरु धमाधम जन्मदिन बनाउन थालेका छन् । अघिल्लो पटक प्रधानमन्त्री रहेकै बेला भारतीय नाकाबन्दीको चर्को आलोचना गरेपछि ‘राष्ट्रवादी’ छवि बनाएका ओलीले त्यसकै आडनमा चुनावमा एमाले र बाम गठबन्धनलाई सानदार विजय दिलाए ।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओलीको बाल्यकाल कष्टकर थियो । सामान्य गाउ“ले परिवारमा जन्मलिएका ओलीले मातृप्रेम पाउन सकेनन् । बाल्यकालमै आमा मधु ओलीको निधन भएपछि पिता मोहनप्रसादले ओलीको रेखदेख गरे । १४ वर्ष जेल जीवन बिताएका ओली २०२३ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् ।

२०२८ सालमा जिल्ला कमिटी सदस्य र २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बनेका ओली २०४४ सालमा जेलबाट छुटेपछि तत्कालिन मालेको केन्द्री कमिटी सदस्य भए । २०४८ सालदेखि एमालेको स्थायी कमिटी सदस्य रहेका ओली २०७१ सालको असारमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित भएका थिए ।

२०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा झापा–६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा भने झापा ७ बाट पराजित भए । उनी २०५१ सालमा गृहमन्त्री र २०६४ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि एमाले संसदीय दलका नेता चुनिएका ओली पहिलो पटक २०७२ असोज २४ गते मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका थिए ।

ओली उखानटुक्का प्रयोग गरेर व्यंग्यवाण प्रहार गर्न पनि खप्पिस छन् । विपक्षीलेसमेत उनलाई प्रष्ट र वैचारिक अडान भएका नेता मान्छन् ।
कुनै बेला माओवादीका कटु आलोचक ओली दुवै पटक माओवादीकै समर्थनमा प्रधानमन्त्री भएका हुन् ।

Logo