काठमाडौं । संविधान अनुसार केन्द्र सरकारमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ । एमाले र माओवादी मिलेर बनेको अहिलेको सरकारमा एमाले भित्र मन्त्रीका आकांक्षीहरु बढि भएकाले ओलीलाई चाँजो पाँजो मिलाउन हम्मे हम्मे परेको छ । "/>

एमालेमा मन्त्रीका २ दर्जन आकाक्षी, कसको सम्भावना कति ? (सूचीसहित)

एमालेमा मन्त्रीका २ दर्जन आकाक्षी, कसको सम्भावना कति ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संविधान अनुसार केन्द्र सरकारमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ । एमाले र माओवादी मिलेर बनेको अहिलेको सरकारमा एमाले भित्र मन्त्रीका आकांक्षीहरु बढि भएकाले ओलीलाई चाँजो पाँजो मिलाउन हम्मे हम्मे परेको छ ।

गठबन्धनको सरकार बन्ने हुँदा २५ जनामा एमालेबाट १५ र माओवादीबाट मन्त्री १० बन्ने छन् । नेपालको संविधानको भाग ७ को धारा ७६ को उपधारा ९ मा मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढी सदस्य हुन नहुने ब्यवस्था गरिएको छ । मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री बुझिने संविधानमा स्पष्ट पारिएको छ ।

संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने ब्यवस्था भएपछि आफूलाई प्रधानमन्त्री बन्नको लागि सहयोग गर्ने राजनीतिक दललाई मन्त्रालय भागबण्डा गर्न ओलीलाई निकै कठिन हुने देखिएको छ । एमालेमा मात्र २ दर्जन भन्दा बढि मन्त्रीका आक्षीहरुले ईच्छा देखाएका छन ।

ओलीले आफ्नो शपथ ग्रहणका दिन मन्त्रीबन्ने चर्चामै नरहेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्ममा को को थपिन्छन् भन्नेबारेमा धेरैमा अनविज्ञता देखा परेको छ । मन्त्रीको दौडमा रहेका कोहीपनि ढुक्कसँग निदाउन सकेका छैन्न । मन्त्रीका लागि आशावादी नेताहरु पनि प्रधानमन्त्री ओलीले कसलाई छनोट गर्ने हुन् भन्नेमा सशंकित देखिन्छ ।

उपप्रधानमन्त्रीमै समस्याः
प्रधानमन्त्री पछिको मर्यादा क्रमको पहिलो स्थानमा को रहने भन्नेमा एमाले भित्रै तिव्र लविङ शुरु भएको छ । पार्टीको अध्यक्ष प्रधानमन्त्री भएपछि उनी पछि उपाध्यक्षहरु मध्येबाट उपप्रधानमन्त्री पाँउनुपर्ने उपाध्यक्ष भिम रावलको लविङ छ ४ जना उपाध्यक्षमध्ये रावल एक्ला दावेदार हुन् ।

उपाध्यक्ष वामदेव गौतम चुनावहारेका कारण सरकारमा सहभागी हुने दौड भन्दा बाहिर छन भने अर्का उपाध्यक्ष युवराज ज्ञावाली संसदमा छैन । महिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेश सभा सदस्यमात्र रहेका कारण उनी पनि केन्द्र सरकारको दौडभन्दा बाहिर छिन् ।

सरकारमा पटक पटक सहभागी भएका रावल पछि महासचिव ईश्वर पोखरेलको दावी रावलकालागि भारी परेको छ । सत्ताको बागडोर सञ्चालनको मौका कम पाएका पोखरेल यो पटक आफुले अध्यक्ष पछिको पद पाउनेमा आशावादी देखिएका छन ।

पोखरेलले आफुले ओलीलाई पार्टी भित्र दरिलो साथ दिएका कारण ओलीले आफुलाई रोज्नेमा ढुक्क देखिएका छन भने ओली निकटकै उपमहासचिव विष्णु पौडेल पनि आफुले रोजेको अर्थ वा गृह नभए ओली पछि आफु नै उपप्रधानमन्त्री पद हत्याउने योजनामा लागी परेका छन् ।

यसअघि नै ओली सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेट नै ओलीका सपनाहरु भएकाले त्यसको कार्यान्वयनका लागि पौडेल उपयुक्त हुने सुझाव ओलीलाई उनी निकट नेताहरुले दिइरहेका छन् । पौडेल चार पटक मन्त्री भइसकेकाले अरुलाई मौका दिएर यो पटक पौडेललाई रोक्नुपर्ने अन्य नेताहरुको तर्क रहेको छ ।

५ जना सचिवमध्ये ३ जना मन्त्रीका आकाँक्षी:
एमालेका ५ जना सचिवमध्ये ३ जना मन्त्रीका आँकाक्षी रहेका छन । वैदिक र शालिन नेताका रुपमा हेरिएका ओलीका विश्वास पात्र प्रदिप ज्ञवाली पनि मन्त्रीका आकाक्षी रहेका छन । ज्ञवालीको रोजाईमा अर्थ रहेको र अर्थ नपाए परराष्ट्रमा दाबी रहेको छ । ज्ञवाली गुल्मीबाट निर्वाचित सांसद् हुन् । उनीसँगै गुल्मीबाटै निर्वाचित गोर्कण बिष्टले पनि मन्त्रीको आकाँक्षा देखाएका छन् ।

माधव नेपाल प्रधानमन्त्री भएका बेला उर्जा मन्त्री बनेर चर्चा कमाएका विष्ट पुन मन्त्री पाँउनेमा आशावादी देखिएका छन । एमाले स्थायी कमिटीमा मन्त्री बन्न बाँकी एक जना मात्र नेता योगेश भट्टराई हुन । निर्वाचन अघि नै अध्यक्ष ओलीले मन्त्रीको आश्वासन दिएका कारण भट्टराईको मन्त्री हुने सम्भावना प्रवल रहेको छ । २ सचिव भिम आर्चाय प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राईसँग दुई भोटले पराजित भए भने अर्का सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बनेका छन ।

ओलीले वाचा गरेका मन्त्रीहरु:
निर्वाचन प्रचार प्रसारका क्रममा एमाले अध्यक्ष ओलीले पार्टी सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराई, महासचिव ईश्वर पोखरेल र राजन भट्टराईलाई मन्त्री बनाउने वाचा गरि सकेका छन् । हाल सम्म लाभको पदमा नपुगेका भट्टराई मन्त्री आकाँक्षी हुन भने ओलीले मन्त्री बनाउने भाषण गरेका नेता राजन भट्टरार्इ भने काग्रेसका युवा नेता गगन थापासँग पराजित भएका थिए ।

यी हुन मन्त्रीका आकाँक्षीहरु:
एक नम्वर प्रदेशबाट सचिव योगेश भट्टराई सहित भानुभक्त ढकाल, राजेन्द्र गौतम, वसन्त नेम्वाङ्ग, यज्ञराज सुनुवार मन्त्रीको दौडमा अग्रस्थानमा छन । प्रदेश १ बाट ओली सरकारमा लालबाबु पण्डीत सामेल भई सकेका कारण अव २ जना मात्र मन्त्री मण्डलमा अट्ने संभावना रहेको छ ।

दुई नम्बर प्रदेश अर्थात मधेशबाट रघुवीर महासेठ, लिलानाथश्रेष्ठ र राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलको दावि रहेको छ । तीन नम्वर प्रदेशबाट महासचिव ईश्वर पोखरेल सहित शेरबहादुर तामाङ, पार्वत गुरुङ, महेश बस्नेत, गोकुल बास्कोटा रामविर मान्नधर, कृष्णगोपाल श्रेष्ठ मन्त्रीको दौडमा रहेका छन ।

एक र चार नम्बर प्रदेशबाट रविन्द्र अधिकारी, जगत विश्वकर्मा, महिला नेतृ पद्यमा अर्याल, किसान श्रेष्ठ, गणेश तिम्लसेना मन्त्रीका आकाँक्षी रहेका छन । कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्यालको नाम अग्र स्थानमा रहेको छ ।

प्रदेश ५ वाट उपमहासचिव द्धव्य पौडेल र धनश्याम भुषाल सहित सचिवद्धवय ज्ञवाली, विष्ट र स्थायी समिती सदस्य छविलाल विश्वकर्मा ,सोमप्रसाद पाण्डे, महिला नेतृ शान्ता चौधरी मन्त्रीको आकाँक्षी रहेका छन ।

प्रदशे ६ बाट धनबहादुर बुढा मन्त्रीको दौडमा रहेका छन् । दुवै जना दुई कार्यकाल सांसद् भई रहेका छन । प्रदेश ७ बाट उपाध्यक्ष रावल, प्रेम आलेमगर, सहित थारु समुदायमा नारदमुनि राना र युवा नेता दिपक प्रकाश भट्ट मन्त्रीका आकाँक्षी रहेका छन् ।

 

Logo